एमसीसी विरोधमाथि प्रहरीले लाठी, दुई घाइते
मकालु खबर
२०७८ फागुन १६ गते
काठमाडौँ । कञ्चनपुरको भिमदत्तनगरमा एमसीसीको विरोधमा बन्द गराउँदै हिँडेका आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप भएको छ । एमसीसी अनुमोदनको विरोधमा उत्रिएका विप्लव निकट नेकपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा एसपी श्यामसुन्दर चौधरीकाअनुसार बन्दकर्ता प्रहरीसँग झडप गर्न थालेपनि लाठी हान्नुपरेको हो । ‘मालपोत कार्यालय अगाडि गाडी रोकेर चाबी समात्दै गर्दा प्रहरी पुगेपछि सामान्य झडप भएको हो,’ उनले भने, ‘उनीहरूलाई सम्झाउँदै गर्दा प्रहरीमाथि नै हातपात गर्न थाले, हामीले शान्त पार्न खाेजेका हौँ ।’
त्यसक्रममा दुईजना सामान्य घाइते भएको उनले बताए । विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिस ऐरी घाइते भएको बताइएको छ ।
मकालु खबर
२०७८ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित