ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि एपीएफलाई
मकालु खबर
२०७८ फागुन १६ गते
काठमाडौँ । ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लबले जितेको छ । सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो ।
११४ रनको लक्ष्य एपीएफले १६ औँ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपीएफका ज्योती पाण्डेले सर्वाधिक ४३ रन बनाउँदा इन्दु बर्माले अविजित २९ र कप्तान सिता रानामगरले १९ रन बनाइन् ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । उसका लागि विन्दु रावलले ३७, डली भट्टले ३६ र कविता कुँवरले २४ रन बनाइन् ।
मकालु खबर
२०७८ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित