कुशल वरियताको ३१ औँ नम्बरमा : वार्नर, धवन र पोलार्डभन्दा अघि
काठमाडौँ । नेपालका ब्याटर कुशल भुर्तेल टी ट्वेन्टी वरियताको ३१ औँ नम्बरमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वेन्टी ब्याटरको पछिल्लो वरियतामा कुशल ६५ औँ बाट ३१ औँ नम्बरमा उक्लिएका हुन् ।
ओमानमा नेपालले भर्खरै खेलेको टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा ओपनर कुशल भुर्तेलले एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए । नेपाल विश्वकपमा छनोट हुन नसकेपनि तेस्रो भएको थियो ।
ऋषभले टी ट्वेन्टी विश्वकपमा आक्रामक ब्याटरको छवि बनाएका अष्ट्रेलियाका डेबिड वार्नर, वेष्टइण्डिजका इभिन लुइस र काइरोन पोलर्ड, पाकिस्तानका फखर जमान, भारतका ऋषभ पन्त र शिखर धवन दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पनि पछि पारेका छन् ।
नेपालका दिपेन्द्रसिंह ऐरी वरियताको ५० औँ स्थानमा छन् । पाकिस्तानका कप्तान बाबर आजम शिर्ष वरियतामा कायमै छन् ।
टी–ट्वेन्टी बलिङमा नेपालका कप्तान स्पीनर सन्दीप ३६ औँ नम्बरमा परेका छन् । अर्का बलर अविनास बोहोरा ८२ औँ नम्बरमा छन् ।
टी–ट्वेन्टीको टिम वरियतामा नेपाल १३ औँ नम्बरमा छ । वरियतामा भारत शीर्ष स्थानमा छ ।