युक्रेनमा शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन

काठमाडाैँ । संयुक्त राज्य अमेरिकासहित युरोपेली युनियनका सदस्य राष्ट्रका प्रतिनिधिहरूले युद्धरत युक्रेनमा शान्तिको कामना गर्दै बिहीवार साँझ बौद्धमा दीप प्रज्वलन गरेका छन् ।

प्रतिनिधिहरूले रसियाले तत्काल युद्धविराम गरी युक्रेनमाथिको आक्रमण बन्द गर्नुपर्ने बताए । त्यस्तै, प्रतिनिधिहरूले रसिया-युक्रेन युद्वमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामनासमेत गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रममा अमेरिकी राजदूत रेन्डी बेरी, अस्ट्रेलिया राजदूत फिलिसिटी भाेल्क, जर्मनीका राजदूत थाेमस प्रिन्ज, जापानका राजदूत ककुटा तथा युराेपियन युनियनका सदस्य राष्ट्रहरूका राजदूत तथा प्रतिनिधिहरूकाे उपस्थिति थियाे ।

त्यस्तै, कार्यक्रममा युद्धग्रस्त युक्रेनका राजदूतकाे समेत उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *