निर्वाचनको चिह्न हरियो रंगकाे हुने आयोगद्वारा जानकारी

काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनको चिन्ह हरियो रंगको हुने जनाएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि मतपत्र छपाई गर्दा चिन्ह, विवरण तथा सुरक्षण चिन्ह हरियो हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरूको मूल्यांकन भइरहेको जानकारी दिए ।

त्यस्तै उनले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरू निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरू र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना जारी गरिएको पनि बताए ।

त्यस्तै सरकारले आयोगसँग छलफल गरेर अन्यथा निर्णय गरे आवश्यकता अनुसार अन्य तयारी गर्न सकिने अर्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *