नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश
मकालु खबर
२०७८ फागुन २४ गते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाबाट नेकपा (एमाले)मा निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार प्रधानमन्त्री एवं काग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरूले क्षेत्रीलाई कांग्रेस प्रवेश गराएका हुन् । सो क्रममा देउवाले कांग्रेसको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठूलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्नसक्ने बताए । उनले आफू संस्कारयुक्त पार्टीमा आएको पनि धारणा राखे ।
क्षेत्रीसँगै सिन्धुपाल्चोकका एमाले केही नेता र कार्यकर्ताहरू पनि कांग्रेस प्रवेश गरेका छन् ।
मकालु खबर
२०७८ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित