गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियाेगिता गर्दै

काठमाडाैँ । गाेकर्णेश्वर नगरपालिका काठमामाडाैँले राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने भएकाे छ ।

नगरपालिकाले नववर्ष २०७९ को पूर्वसन्ध्यामा विशेष अतिथि कलाकारहरूको उपस्थितिमा बृहत राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्न लागेकाे हाे ।

नगरपालिकाले एक सूचना जारी गर्दै प्रतियाेगितामा भाग लिन इच्छुक कविहरूले नगरपालिकाकाे ठेगानामा कविता पठाउन आव्हान गरेकाे छ ।

कविता कुनै पनि माध्यमबाट प्रकाशित/प्रशारण नभएकाे हुनुपर्ने पालिकाले जनाएकाे छ । त्यस्तै, कविताकाे विषयवस्तु संविधान, कानुनकाे प्रतिकुल नहुने गरी कसैकाे चरित्रहत्या नहुने खालकाे हुनुपर्ने समेत सूचनामा उल्लेख छ ।

कविता २०० शब्दमा रचित हुनुपर्ने छ ।

प्रतियाेगितामा प्रथम हुनेले रु ५० हजार पुरस्कार पाउने नगरपालिकाले जनाएकाे छ । त्यस्तै, द्वितीय र तृतीय हुने प्रतियाेगीले क्रमशः ३० हजार र २० हजार पुरस्कार पाउनेछन् । सान्त्वना हुने ३ जनाले भने प्रतिव्यक्ति १० हजार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *