एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्यूआरबाटै भुक्तानी गर्न सक्ने

काठमाडौँ । भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा फोनपे नेटवर्कको क्यूआर कोड प्रयोग गरी वित्तीय कारोबार गर्न पाउने भएका छन् ।

फोनपे र भिसाको कारोबारलाई सहज गर्न नबिल बैंकले मध्यस्थता गर्ने भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी फोन पेले उक्त सेवा सुरु भएको सार्वजनिक गरेको हो ।

‘एमभिसा’ प्रयोगकर्ताहरुले फोनपेको क्यूआर कोडबाटै मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएको कार्यक्रमका जानकारी दिइएको छ । नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसालाई समावेश गरे त्यसले पनि सपोर्ट गर्ने जनाएको छ ।

विश्व प्रसिद्ध ब्रान्ड भिसासँग सहकार्य गर्न पाउनु आफूहरुका लागि ठूलो उपलब्धी भएको एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले कार्यक्रममा बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *