डेढ वर्षीय नाबालिकालाई करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

विराटनगर । मोरङमा डेढ वर्षीय बालिकाको बलात्कार भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-७ की डेड वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेको मोरङका एसपी जनार्दन जीसीले बताए ।

अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा २७ गते राति मृत्यु भएको भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्वयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको खुलेको एसपि जीसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *