बैंककाे ब्याजदर ६ प्रतिशत कायम गर्न माग गर्दै व्यापारी आन्दोलनमा
विराटनगर । विराटनगरका व्यापारी आन्दोलनमा उत्रिएका छन् । बैंकको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । मोरङ-सुनसरी औद्यौगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक प्रदेश १ कार्यालयअगाडि धर्नामा बसेका हुन् ।
ब्याजदरका कारण उद्योगी व्यवसायीहरू मारमा परेको भन्दै उनीहरूले सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् । मंगलवार विराटनगरमा रहेको राष्ट्र बैंकअगाडि धर्ना दिँदै बैंकको ब्याजदर घटाउन माग गरे ।
निक्षेप र कर्जामा बैंकहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएको उनीहरूको आरमेप छ । केहिदिन अघि मोरङका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षा गराएका ब्यवसायी राष्ट्र बैँकममा ज्ञापनपत्र बुझाउन गएका थिए ।
उद्योगी व्यवसायीहरूलाई राष्ट्र बैंक विराटनगरका प्रमुखले वेवास्ता गरेपछि ब्यवसायी धर्नामा बसेका हुन् ।
प्रमुख मीना पाण्डेले बेवास्ता गरेपछि उनीहरूले गेटमै बसेर विरोध जनाएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
मोरङ व्यापार संघको अगुवाईमा गएको उद्योगी व्यवसायीहरूले उत्पादनमुलक उद्योगहरूलाई बैंक ऋण सहज गर्न, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न, संस्थागत निक्षेप ६ प्रतिशत कायम गर्नुपर्ने माग सहित ज्ञापनपत्र दिन पुगेका हुन् ।
व्यवसायीहरूलाई भित्र जान नदिएपछि बैङ्क शाखा प्रबन्धक मीना पाण्डेले बाहिर गेटमै आएर ज्ञापनपत्र बुझेकी छन् ।