लिग टू : पीननजीसँग नेपाल पहिले बलिङ गर्दै, को को छन् प्लेइङ इलाभेनमा ?
काठमाडौँ । विश्वकप लिग टू अन्तर्गत नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको खेल केहीबेरमा शुरु हुँदैछ । युएईमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिलो बलिङ गर्ने भएको छ ।
नेपालले प्रतियोगितामा यो तेस्रो शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलामा नेपाल, पपुवा न्युगिनी र युएई छन् ।
सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटसँग सम्बन्धित यो प्रतियोगिता अन्तर्गत नेपालले मार्च १८ र २१ मा युएई तथा २२ मा पीएनजीसँग खेल्नेछ । एकदिवसीय प्रतियोगितामा नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको हो ।
नेपाली टिममा सागर ढकालले डेब्यु गर्दा सोमपाल कामी, करण केसी, विनोद भण्डारी र रोहितकुमार पौडेल केही समय पछि फर्किएका छन् । नेपाली टिमका अन्य खेलाडीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह एरी, कुशल भुर्तेल, आरीफ शेख र आसिफ शेख र सागर ढकाल रहेका छन् ।