रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार
मकालु खबर
२०७८ चैत ६ गते
मस्को । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारणस्थललाई रुसले ध्वस्त पारेको बताएको छ ।
‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्तीनजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूका लागि ठूलो भण्डारण स्थल नष्ट गर्याे,’ रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ । -रासस
मकालु खबर
२०७८ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित