धरानमा चारजनाको शव भेटियो, प्रहरी भन्छ आत्महत्या

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा बस्ने ४ जनाको शव भेटिएको छ ।

धरान ५ देबीगाउँ बस्ने १८ वर्षीय समिक्षा थापा, धरान १६ नौलो बस्ती बस्ने १४ वर्षीय नन्दनी मरिक, धरान ११ भवानीचोक बस्ने ४० वर्षीय बिरोध सुनुवार र धरान १६ बस्ने ३५ वर्षीय सोनम शेर्पाको शव भेटिएको सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

हिजो साँझदेखि आज बिहान ११ बजेको अबधिमा उनीहरूको शव भेटिएको र प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको पाइएको एसपी थापाले जानकारी दिए ।

२४ घण्टा भन्दा कम अवधिमा चारजनाको शव भेटिएको र सबै झुण्डिएको अवस्थामा भेटिएकाले यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए ।

याे पनिः कोही किन आत्महत्या गर्ने निर्णयमा पुग्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *