पीएनजीसँग पहिले फिल्डिङ गर्दै नेपाल टिममा दुई परिवर्तन
मकालु खबर
२०७८ चैत ८ गते
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग टू’मा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा शुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले आज टिममा दुई परिवर्तन गरेको छ । आज ज्ञानेन्द्र मल्ललाई आराम दिइएको छ भने भीम सार्कीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । यस्तै यूएईसँगको खेलमा आराम दिइएका आशिफ शेख आज फर्किएका छन् । बिनोद भण्डारीले भने आझ माैका पाएका छैनन् ।
यही शृङ्खलामा नेपालले यसअघि पीएनजीलाई २ विकेटले हराएको थियो ।
नेपालको शृङ्खलाको यो अन्तिम खेल हो । युएईसँगका दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।
मकालु खबर
२०७८ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित