घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै नेपाल
काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टीमले टीयू मैदान कीर्तिपुरमा पपुवा न्युगिनीसँग दुई एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ । बिहान ९ बजेबाट सुरु हुने खेलमा पपुवा न्युगिनी पहिलो पटक नेपालमा एकदिवसिय सिरिज खेल्न लागेको हो ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले नेपाली समर्थक सामु खेल्न निकै उत्साहित रहेको बताएका छन् । यसै साता नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी नेपालसँग दुवै खेलमा पराजित भएको थियो ।
यसअघि गत असोजमा पनि नेपालले पिएनजीसँग एकदिवसिय सिरिज खेलेको थियो । जहाँ नेपालले दुवै खेलमा जित निकालेको थियो । २०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो । त्यसपछि नेपालले पपुवा न्युगिनीसँग हार बेहोरेको छैन । नेपाल पपुवा न्युगिनीमाथि लगातार छैटौँ जित निकाल्ने ध्याउनमा हुने छ ।
टियुको बाउन्ड्री छोटो र ब्याटिङ उपयोगी पिच भएकाले नेपाल घरेलु मैदानको फाइदा उठाउने सोचमा हुने छ । नेपालले युएई सिरिजपछि टीममा व्यापक परिवर्तन गरेकाले यो खेलमा पछिल्लो खेलबाट सुरुवाती लाइनअपमा ठुलो परिवर्तन गर्ने सक्ने छ ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की ।