पर्यटन प्रवर्द्धन गर्न एनवाइइएफको मेची–महाकाली मोटर र्याली
काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पहिलो पटक मेची महाकाली मोटर ¥यालीे यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ ।
उक्त मोटर र्यालीको नारा ‘आन्तरिक पर्यटनको लागि सबैसँगै’ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनु हुनेछ ।
नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे झण्डा हल्लाएर मोटर र्यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका छन् ।
एनवाइइएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर ¥याली देशव्यापी रुपमा आयोजना गरिएको हो ।
उक्त र्याली जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो भएको र यसले साहस र मनोरञ्जन प्रदान गर्ने बताइएको छ । त्यस्तै, व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पुर्याउँछ ।
अध्यक्ष श्रेष्ठका अनुसार यस मोटर ¥यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने ।
व्यवसायीलाई पुनःताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पुर्याउने र देशका विभिन्न स्थानको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस र्यालीको मुख्य उद्देश्य रहेको छ ।
मोटर र्याली काठमाडौँ, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्यालीको विधिवत समापन हुनेछ ।