एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी वीक–२०२२’

काठमाडौँ । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको छ ।

यो विशेष सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, समाजका अप्रयुक्त वर्गका लागि अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ ।

एभरेष्ट बैंकसँग हाल लाखौं सन्तुष्ट ग्राहकहरू छन् । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *