एभरेष्ट बैंकले निकाल्यो २०७९ सालको क्यालेन्डर

काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ ।

‘नेपाली साहित्यका चम्किला ताराहरू’ भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेश प्रबन्धक सन्तोष कुमार भट्टराई र पुष्पराज उप्रेती, प्रमुख–बजार तथा संस्थागत निक्षेप, एभरेष्ट बैंक लिमिटेडका तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

साथै, कार्यक्रममा बैंक व्यवस्थापनले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लेखकहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाएको छ ।

एभरेष्ट बैंक लिमिटेडसँग हाल लाखौँ सन्तुष्ट ग्राहकहरू छन् । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *