घरेलु मैदानमा पपुवा न्युगिनीसँग नेपालको दोस्रो खेल आज
मकालु खबर
२०७८ चैत १२ गते
काठमाडौँ । नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो तथा अन्तिम ओडिआई खेल आज हुँदैछ । खेल बिहान ९:३० बजे टियु क्रिकेट मैदानमा शुरु हुनेछ ।
पपुवा न्युगिनी पहिलो खेलमा ६ रनले विजयी हुँदै दुई खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ । नेपाललाई सिरिज बराबरीमा सक्न आजको खेल जित्नुपर्ने हुन्छ ।
ओडिआईमा नेपाल र पपुवा न्युगिनीबीच पाँच खेल भएका छन् । चार खेलमा नेपाल विजयी भएको छ ।
मकालु खबर
२०७८ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित