पहिले बलिङ गर्दै नेपाल, को-को छन् प्लेइङ इलाभेनमा ?

काठमाडौँ । नेपालले पपुवा न्युगिनी दोस्रो तथा अन्तिम ओडिआई खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन ससको थियो । नेपाललाई सिरिज बराबरीमा सक्न आजको खेल जित्नुपर्ने हुन्छ ।

नेपालले एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर कमलसिंह ऐरीको स्थानमा विक्रम सोबलाई खेलाएको छ ।

नेपालको प्लेइङ-११ :
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने र पवन सरार्फ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *