देव र दीपेन्द्र दुवैको पहिलो अर्धशतक
मकालु खबर
२०७८ चैत १२ गते
काठमाडौँ । युवा ब्याटर देव खनाल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नेपालले कीर्तिमानी साझेदारी गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभरमा २ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८५ बलमा ३ चौकासहित ५१ रनमा अविजित छन् । दीपेन्द्रले ८४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरे ।
देव खनाल ८० बलमा ४ चौका र ३ छक्कासहित ६७ रनमा अविजित छन् । तेस्रो विकेटका लागि देव र दीपेन्द्रसिंह ऐरीले १ सय २० रनको शतकीय साझेदारी गरि सकेका छन् । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो ।
मकालु खबर
२०७८ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित