राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजयी खेलाडीलाई गण्डकी सरकारको सम्मान
मकालु खबर
२०७८ चैत १७ गते
पोखरा । १९ वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई गण्डकी सरकारले सम्मान गरेको छ ।
कैलालीको धनगढीमा सम्पन्न सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले उपाधी जितेको थियो ।
प्रदेशको अर्थ मन्त्रालयले सम्मानपत्र दिएर उनीहरुलाई सम्मान गरेको हो । अर्थमन्त्री रामजी बरालले प्रत्येक खेलाडीलाई ५० हजारका दरले नगद उपलब्ध गराउन लागेको बताएका छन् ।
टोलीमा १४ खेलाडी, १ प्रशिक्षक, १ व्यवस्थापक र २ सहायक प्रशिक्षक थिए । प्रदेश सरकारले सहभागी खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैयाँ दिने बरालले बताए ।
मकालु खबर
२०७८ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित