फिफा विश्वकपको ‘ड्र’ आज
काठमाडाैँ । कतारमा आगामी नोभेम्बर मा सुरु हुने विश्वकप २०२२ को ड्र शुक्रबार सार्वजानिक गरिंदै छ । फिफाले विश्वकपमा छनोट भएका २९ देश सहित कुल ३२ देशका लागि ड्र सार्वजानिक गर्ने छ ।
कतारको दोहामा एक कार्यक्रमका बीच समूह नेपाली समय अनुसार राति ९:४५ मा ड्र सार्वजानिक गरिने फिफाले जनाएको छ । विश्वकपका लागि २९ राष्ट्र सहभागि भएका छन् । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरिने छ । कतार विश्वकप २१ नोभम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुने कार्यतालिका रहेको छ ।
विश्वकपमा छनोट भएका देश
विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।
अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।
कतार विश्वकपको ढाँचा: ३२ देशलाई ४-४ देशको आठ समूहमा बिभाजन गरिने छ । जसले एक अर्काविरुद्ध एक एक खेल खेल्ने छन् । त्यसपछि प्रत्येक समूहबाट शीर्ष दुई देश राउन्ड १६ मा पुग्नेछन् । विश्वकपमा फाइनलको अघिल्लो दिन, सेमिफाइनलमा हार्ने दुई टोलीबीच तेस्रो र चौथो स्थानको खेल खेलिन्छ ।
विश्वकपका खेलहरु:
– समूह चरण: नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म
– राउण्ड १६ : डिसेम्बर ३ देखि डिसेम्बर ६ सम्म
– क्वाटरफाइनल: डिसेम्बर ९ र १०
– सेमिफाइनल: डिसेम्बर १३ र १४
– तेस्रो र चौथो स्थान: डिसेम्बर १७
– फाइनल: डिसेम्बर १८