भारत उड्नुअघि प्रधान मन्त्री देउवा (तस्बिर/भिडिओ)

काठमाडाैँ । प्रधान मन्त्री देउवा भारतकाे ३ दिने भ्रमणका लागि निस्किएका छन् । उनी शुक्रबार दिउँसा १:१५ बजे भारतका लागि उडेका छन् । चार मन्त्रीसहितकाे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधान मन्त्री देउवा भारतकाे दिल्ली प्रस्थान गरेका हुन् ।

त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाई गरेको थियो । प्रधान मन्त्रीलाई बिदाई गर्नका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेताहरू पुगेका थिए ।

प्रधान मन्त्री देउवाले भारतमा ३ दिन बिताउने छन् । उनी आजै भारतीय समयअनुसार दिउँसो २:५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नेछन् ।

प्रन मन्त्री देउवासँग आज अपराह्न साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम तय भएकाे छ । त्यसपछि देउवा ५ बजे सत्तारुढ भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा पुग्ने छन् ।

तत्‌पश्चात् उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम तय भएकाे छ । प्रधान मन्त्री देउवाले शनिवार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसपछि उनी आइतबार बनारस हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *