नेपाल अपराजित रहँदै फाइनलमा
काठमाडौँ । नेपाल काठमाडौँमा चलिरहेको त्रिदेशीय टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।
शनिबार मलेशियालाई ८५ रनले हराउँदै नेपाल अपराजित रहेको हो । २२४ रनको लक्ष्य पाको मलेशिया खेल सकिन १ बल बाँकी हुँदै १३८ बलमा अलआउट भयो ।
मलेशियालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए ।
मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे ।
कुशल भुर्तेल र रोहित पौडेलले टी-ट्वेन्टी अन्तर्राष्ट्रीयमा १/१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटि गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर २२३ रनको विशाल योगफल तयार पारेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ११० रन बनाए ।
उनले मात्र ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यो उनको टी ट्वेन्टीमा पहिलो शतक हो । यससँगै उनी टी ट्वेन्टीमा शतक प्रहार गर्ने चौथो नेपाली खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।
यस्तै रोहित पौडेलले ५१ रन बनाए । उनले ३४ बलमा ५ चौका प्रहार गरे ।
फाइनलमा नेपाल र पपुवा न्युगिनी खेल्नेछन् । पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेपनि नेट रनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।