कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध
मकालु खबर
२०७८ चैत २१ गते
धनगढी । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार जिल्लाको भीमदत्त नगरपालिका–५ की मञ्जु बडुवालको मृत्यु भएको हो ।
बाटो पार गर्न लाग्दा बसले शान्ति निकेतन चोकमा बडुवाललाई ठक्कर दिएको स्थानीयले बताएका छन् । मृतक महिलाका श्रीमान ब्रम्हदेव प्रहरी चौकीमा सइ देवसिंह बुडालकी पत्नी हुन् ।
साईकलमा सवार उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका छन् । उनीहरूले सडकमा टायर समेत जलाइरहेका छन्।
चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ । सडक अवरुद्ध बनेपछि प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको छ ।
मकालु खबर
२०७८ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित