चैत २७ मा माधव नेपाल डोल्पा आउँदै

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चैत २७ गते डोल्पा आउने भएका छन् ।

डोल्पामा आयोजना गरिएको बृहत् जनसभालाई सम्बाेधन गर्न उनी डोल्पा आउन लागेको एकीकृत समाजवादी डोल्पाले जनाएको छ ।

उक्त सभालाई सम्बाेधन गर्न कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, पर्यटन वन तथा वातावरण मन्त्री प्रेम आले, प्रदेश कमिटि सह इन्चार्ज हंसबहादुर शाही, प्रतिनिधि सभा सदस्य एवम डोल्पा इन्चार्ज धनबहादुर बुढा आउन लागेको बताइएको छ ।

उक्त कार्यक्रममा इन्द्रेणी टिमले सांस्कृति प्रस्तुति दिने कार्यक्रम तय भएको नेकपा एसका प्रदेश कमिटि सदस्य एवम् डोल्पाका प्रचार विभाग प्रमुख बबिकिशोर गुरुङ्गले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *