कर्णाली सरकारले माग्यो १३३ कर्मचारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

सामाजिक विकास मन्त्रालयले हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सब इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक ९शिक्षा० अनमी, अहेव, कृषि जेटिए, भेटनरी जेटिए, इलेक्ट्रिक सब इन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।

यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने छ ।

सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालिकोट र जुम्ला १४/१४ जना र मुगु, डोल्पा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *