पोखराको लेकसाइडमा बुधबारबाट नयाँ वर्ष महोत्सव
मकालु खबर
२०७८ चैत २९ गते
पोखरा । पोखरामा बुधबारदेखि नयाँ वर्ष महोत्सव सुरु हुँदै छ । फेवाताल किनारको लेकसाइडमा १७ औं संस्करणको महोत्सव आयोजना गरिएको हो ।
आयोजक होटल संघ पोखराले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ बाट थला परेको पर्यटनलाई उकास्न महोत्सव महत्वपूर्ण हुने उनको भनाई छ । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिन लागिएको हो ।
कोभिडपछि अहिले पोखरामा पर्यटकीय चहलपहल निकै बढेको छ । यहाँका होटलमा हाल २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ बर्ष लक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको होटल संघले जनाएको छ ।
मकालु खबर
२०७८ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित