मृत्यु भइसकेका गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकामा रहेका विभिन्न खोलाको ढुंगा, गिट्टी र बालुवामा मिलेमतो गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मृत्यु भइसकेका गाउँपालिकाका अध्यक्ष नवलसिहं रावलसहित उपाध्यक्ष पुजादेवी बुढामगर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेत गरेर १४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

मोहन्याल गाउँपालिका भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनसम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएको थियो । तर, उक्त गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीचको मिलेमतोमा ठेकदारलाई रकम मिनाहा गरिएको थियो ।

ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर बापतको रकम गरी जम्मा रू। ५४,१८,५६८ रुपैयाँ भ्रष्टाचार भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अनुसार बिगो असुलउपर गरी मोहन्याल गाउँपालिकालाई भराई पाउन समेत मागदाबी लिइएको छ ।

निर्माण सेवा र त्यसका प्रोप्राइटर मकरबहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरिएको छ । यसैगरी प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको देखिएको छ।

दर्ता गरिएको मुद्दामा शाहबाट ५६ लाख ३ सय ४८ रुपैयाँ भराउन माग गरिनुका सथौ उनलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय मागदाबी गरिएको छ।

यसैगरि स्वर्गीय अध्यक्ष रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर बापतको रकम गरी जम्मा रू। ५४ लाख १८ हजार ५६८ रुपैयाँ उनका अंशियारबाट असुलउपर गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

साथै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम, ठेकेदारबाट शर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको र दोस्रो र तेस्रो किस्ता बापतको कार्यसम्पादन जमानतबापत राखिएको रकम फुकुवा गरी गाउँकार्यपालिकाबाट निर्णय भई मिनाहा गरिएको रकमलगायत गरी ५६ लाख ३४८ असुलउपर गरका लागि मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *