पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठ सुप्रबल जनसेवाश्री तृतीयबाट विभूषित

काठमाडौँ । नेपालको उधोग तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी छन् ।

नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्याेग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।

५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यसायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकीलगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइड्रोपावर, बैकिङ क्षेत्रमा समेत लगानी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *