म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा
मकालु खबर
२०७९ वैशाख ४ गते
काठमाडौँ । लिभरपुल एफए कपको फाइनलमा पुगेको छ । शनिवार सम्पन्न सेमिफ़ाइनल खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
लिभरपुलको जितमा साडियो मानेले २ गोल गरेका थिए भने एक गोल इब्राहिम कोन्टेले गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि ज्याक ग्रीलिश र ब्रेनानडो सिल्भाले एक एक गोल गरेका थिए ।
अब फाइनलमा लिभरपुलले चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीच आइतबार दोस्रो सेमिफाइनल हुने छ । एफए कपको फाइनल खेल मे १४ मा हुने छ ।
मकालु खबर
२०७९ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित