बैंक अफ काठमाण्डूको शाखा काँकडभिट्टामा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।

आइतबार मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *