उम्मेदवार बन्न नेता राजधानीमा, नागरिकको कटाक्ष – ‘मूल भट्टले टिकट दिने भएछन्’
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले शनिवार साँझ एउटा फोटो आफ्नो पेजमा पोष्ट गरेर लेखे- ‘श्री पशुपतिनाथ मन्दिरको मूल भट्ट (पूजारी)सँग आशिर्वाद ग्रहण गर्दै ।’ मेयर पराजुलीले आफ्नो फोटो सार्वजनिक गरेको केही घण्टा पछि पत्रकार अनन्तराज न्यौपानेले आफ्नो पेजमा त्यस्तै प्रकृतिको स्टाटसमा कटाक्ष गरे । न्यौपानेले सार्वजनिक गरेको स्टाटसमा भनिएको छ, ‘मूल भट्टले टिकट दिने भएछन्, सरिसृप प्रजातिका त्यता देखिन्छन् त !!’ यो भनाईले नेताप्रति नागरिकको बुझाइको प्रतिनिधित्व गर्थ्याे ।
न्यौपानेको प्रतिक्रियाले मेयर पराजुलीले सार्वजनिक गरेको फोटोमा दिइएको प्रतिक्रिया लक्षित देखाउँथ्यो । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलका नेता, उम्मेदवारहरूलाई छेडखानी शुरू भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नका लागि धेरै आकांक्षी अहिले संघीय राजधानी काठमाडौँमा छन् ।
महानगरपालिका र उपमहानगरपालिकाको टिकट दिने र उम्मेदवार बनाउने केन्द्रीय कमिटि र गठबन्धनबाट हुने भएपछि धेरै आकांक्षीहरू काठमाडौँमा छन् । यो क्रम गठबन्धनभित्र मात्र हैन एमालेमा पनि देखिएको छ ।
नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाबाट उम्मेदवार अकाक्षीहरू अहिले काठमाडाैँमा छन् । टेलिफोनमा कुरा गर्दा नेपाली कांग्रेस विराटनगरका नगरसभापति दिपक चपागाईँले काठमाडौँमा रहेको जानकारी दिए । महानगरपालिकाको उम्मेदवार टुंगो नलागि फर्किने अबस्था नरहेको उनको प्रतिक्रिया थियो ।
उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा नेताहरूको सक्रियता बढेको हो । नेपाली कांग्रेसमा मेयरका आकांक्षी नागेश काेइराला, भीम पराजुली, डिला संग्रौला, अमृत अर्याल, दिपक चापागाई, इन्दिरा कार्की र गोपाल रेग्मीको काठमाडौँ दौडधुप बढेको छ । पराजुली कहिले काठमाडौँ र कहिले विराटनगर गरिरहेका छन् भने कतिपय नेताहरू उम्मेदवार नटुङ्गिँदासम्म काठमाडौँ नछोड्ने मनस्थितिमा छन् ।
महानगरपालिकाको टिकट लिनका लागि अहिले हानाथाप शुरू भएको छ । विराटनगरमा शक्तिशाली मानिएका डा. शेखर काेइरालाले आफ्नो इच्छा अनुसारको उम्मेदवारको बल गरिरहेको बताइन्छ । डा. काेइराला लाइनबाट नागेश र्काईराला, ईन्दीरा कार्की, दिपक चापागाईँ र गोपाल रेग्मी छन् । यीमध्ये टिकट पाउँदा नागेश काेइरालाले पाउनु पर्ने दाबी काेइराला समुहको छ । त्यस्तै पार्टी सभापति शेबहादुर देउवा लाइनबाट पराजुली, अर्याल र डा.. संग्रौला छन् । यी मध्ये उम्मेदवारमा दरिलो भनेर अर्यालनै रहेको दाबी यो समुहको छ । गठबन्धनबिच ६ वटा महानगरपालिका चुनावी तालमेलमा बाँडफाँड गर्दा विराटनगर महानगरपालिका कांग्रेसले पाउने भनिएको अवस्थामा जित्ने सुनिश्चित भएपछि अर्यालले इच्छा देखाएको कांग्रेस नेताहरू बताउँछन् । नागेश काेइराला भने गठबन्धन नहुँदा पनि आफू उम्मेदवार भए जितेर देखाउने दाबी गर्छन् ।
विराटनगरका मेयरका आकाक्षी मात्र हैनन् उपमेयरको उम्मेदवार हुनका लागि उपमेयरका आकाक्षीहरू पनि काठमाडौँमा रहेका छन् । विराटनगर महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने काम केन्द्रीय कमिटिको भएकोले धेरै उम्मेदवार बन्न चाहने उपमेयरमा नाम सिफारिस भएका अधिकांश काठमाडौँमै रहेको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । ‘यही बेला हो आफ्नो कुरा राख्ने,उपसभापति माझीले भने, इच्छा भएका साथिहरू गएर आफ्ना कुरा पार्टीका नेतालाई सुनाउनु र आफ्नो पक्षमा माहोल बनाउनुलाई सकारात्मक लिनु पर्छ ।’
महानगर बाट माल पाएन हाेला अनि नाटक मन्चन गर्छन् , नेपाल मा पत्रकार र केही खाउ पत्रकार पनि छन