गभर्नर निलम्बनविरुद्ध रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज हुँदै
मकालु खबर
२०७९ वैशाख ६ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो निलम्बनविरुद्ध सर्वोच्चमा दायर गरेको रिट निवेदन उपर मंगलबार सुनुवाइ हुँदैछ ।
गभर्नर अधिकारीले आइतबार दायर गरेको रिट सोमबाट अदालतले दर्ता गरेर मंगलबारका लागि पेशी तोकेको थियो ।
उनको रिट उपर न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाई हुने भएको छ । गभर्नर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर निलम्बन फुकुवा गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
सरकारले झण्डै २ साता अघि वर्तमान आर्थिक संकट आउनुमा गर्भनर जिम्मेवार रहेको, सरकारलाई सहयोग नगरेको, गोप्य सूचना चुहाएको जस्ता आरोल लगाउँदै उनलाई निलम्बन गरेको थियो ।
सरकारले गभर्नरबारे जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति समेत गठन गरेको छ ।
मकालु खबर
२०७९ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित