नबिल बैंकद्वारा जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असर न्यूनीकरणबारे कार्यशाला सम्पन्न

काठमाडौँ । नबिल बैंकले प्रवासी कामदारको स्वास्थ्यमा जलवायु परिवर्तनले पार्ने असर कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ । भिभान्ता होटल ललितपूरमा १५ अप्रिलमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसरले प्रमुख प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अनुसन्धान र परामर्स दातृ संस्थाको रुपमा काम गर्दै आएको ला इस्ला नेटवर्कले विश्वभर रहेका कामदार तथा तिनीहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत बाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरिरहेको छ । उक्त संस्थाले जलवायु परिवर्तन भइरहेको अहिलेको विश्वमा कामदारको स्वास्थ्यमा असर पर्न नदिन प्रमाणमा आधारित समाधानको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

प्रवासी कामदार र उनीहरुबाट देशमा भित्रिने विप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण अंग बनेका छन् । यही विषयलाई ध्यानमा राखेर नबिल बैंकले सञ्चालन गरेको उक्त कार्यशाला नेपाली बैंकिङ बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला भएको बताइएको छ । नबील बै‌कले दिगो विकासका पहललाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ । यो कार्यशाला पनि समाजमा दिगो विकाशको लागि महत्वपूर्ण रहने विश्वास गरिएको छ । उक्त कार्यक्रमलाई नेपाली मुद्रा विप्रेषक संघको सहयोगमा सञ्चालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिति तथा विदेशी कुटनितिक संघसंस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

कार्यशालाबारे बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्रप्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा विभिन्न काम नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सोको आवश्यक समाधान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

जेसनले बढ्दैै गएको तापक्रमले स्वास्थ्यमा विभिन्न समस्या थपिँदै गएको र प्रवासी कामदारमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीको ध्यानाकर्षण गराएका थिए । बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो माहामारी हुन सक्ने समेत बताए । त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण शुरू भएको नयाँ रोगहरूबाट प्रवासी कामदारको स्वास्थ्य जोगाउन सकिने बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परीवर्तनको प्रभाव सबै जिवीत जीवहरूमा उच्च मात्रामा देखिन थालेको र यसलाई कम गर्नेतर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउँदै यसका लागि प्रवासी कामदारमा चेतना फैलाउनु निकै महत्वपूण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सँधै तत्पर रहेको बताए । कार्यक्रममा उपस्थित सहभागीले सक्रिय सहभागिता जनाउनुका साथै नेपाली मुद्रा विप्रेषण संघका कार्यकारी सदस्य प्रवीन अधिकारी र म्यानपावर एजेन्सीको प्रतिनिधिको रूपमा सुवर्ण श्रेष्ठले आफ्नो विचार व्यक्त गरे ।

कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै सरोकारवालालाई सँगै राखी यस्तो गम्भीर बिषयमा छलफल गर्ने वातावरण मिलाएको भन्दै नविल बैंकलाई विशेष धन्यवाद दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *