लिभरपुल प्रिमियर लिग शीर्ष स्थानमा, म्यानचेस्टर सिटी २ अंकले दोस्रोमा
मकालु खबर
२०७९ वैशाख ७ गते
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ ।
हारसँगै चौथो स्थानको टोटेनहमसँग अंक बराबरी गर्ने मौका गुमाएको युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ ।
मकालु खबर
२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित