म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्कियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३२ खेलमा ७७ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्राइटनको भने ३३ खेलमा ४० अंक रहेको छ र लिगमा १०औँ स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा सिटी एक अंकले अगाडी रहेको छ । प्रिमियर लिगमा सिटी र लिभरपुलबीचको उपाधि जित्ने प्रतिस्पर्धा रोचक बने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *