एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखा सञ्चालनमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकल वैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमकाबीच उक्त शाखाहरुको उद्घाटन गरेका हुन् ।

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका–१ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकको शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

यी ३ शाखा थपिएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *