उपकार लघुवित्तको आइपिओ बाँडफाँट
मकालु खबर
२०७९ वैशाख ९ गते
काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा लघुवित्तको आइपिओ बाँडफाँट भएको हो ।
लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदनबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ ।
स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन् । बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ ।
मकालु खबर
२०७९ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित