एमालेकाे घाेषणापत्र- भ्रष्टाचार नगर्ने, प्रत्येक पालिकामा प्राविधिक विद्यालय स्थापना गर्ने (पूर्णपाठ)
काठमाडाैँ । एमालेले स्थानीय निर्वाचनका लागि घाेषणापत्र सार्वजनिक गरेकाे छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार एक विशेष कार्यक्रम गर्दै एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा एमालेले आफ्नो सरकारका पालामा भएका कामहरूकाे फेहरिस्त उल्लेख गरेकाे छ ।
एमालेकाे घाेषणापत्रकाे प्रन्टपेजमा धरहरा, रानीपोखरी, पोखरा विमानस्थल, रेललगायत राखिएकाे छ । यस्तै एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
एमालेले घाेषणापत्रमार्फत भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएकाे छ भने गर्ने अन्यलाई पनि सम्बन्धित निकायसम्म पुर्याउन सहयाेगी भूमिका खेल्ने बताएकाे छ ।
यस्तै एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्वपरीक्षण र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बीमा गर्ने, एक घर एक धारा अभियानअन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको शुलभ व्यवस्था गर्नेलगायतका विषयवस्तु राखेकाे छ ।
यस्तै एमालेले आफ्ना जनप्रतिनिधिहरू शासक नभइ सेवक हुने घाेषणा गरेकाे छ ।
पूर्णपाठ:—