बैजनी रंगमा रंगियो सहर (फाेटाेफिचर)

काठमाडाैँ ।  ज्याकाराण्डा अमेरिकाको रैथाने बिरुवाको ४८ प्रजातिहरू मध्येको एक हो । नेपालमा पाइने ब्लू ज्याकाराण्डाको वैज्ञानिक नाम ‘ज्याकाराण्डा मिमोसिफोलिया’ हो ।
नेपालमा यसलाई वीरेन्द्र फूलका नामले समेत चिनिन्छ ।

ज्याकाराण्डा पाराग्वे, उरुग्वे, दक्षिणी क्यालिफोर्निया, फ्लोरिडा, मेक्सिको, कोलम्बिया, साउदी अरेबिया, अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बावे, अष्ट्रेलिया, न्यूजील्याण्ड, इजरायल, इटाली, पोर्चुगलमा धेरै पाइन्छ । यो दक्षिण एसियाको नेपाल, पाकिस्तान र भारतका धेरै भागहरूमा पनि पाइन्छ ।

यो बिरुवा अन्य बिरुवाको तुलनामा छिटो बढ्ने र खडेरी सहन सक्ने क्षमताका हुन्छन् ।

ज्याकाराण्डा फुलेसँगै काठमाडौँ सहर यतिबेला बैजनी रंगले सजिएको छ । दरबारमार्ग, रत्नसपार्क, सुन्धारा, लगायत चक्रपथको विभिन्न क्षेत्रमा दायाँ-बायाँ फुलेका ज्याकारान्डाले अहिले सहरलाई बैजनी रंगमा सजाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *