जनकपुरधामका सभापति साहले छाेडे कांग्रेस

धनुषा । नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगरपालिका सभापति मनोज साह पार्टीबाट राजीनामा दिएका छन् ।

उनले जनकपुरको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिएकाेप्रति विराेध जनाउँदै उनले पार्टी परित्याग गरेका छन् ।

शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी साहले पार्टी छाेडेकाे घाेषणा गरेका हुन् ।

पार्टी परित्याग गर्दै उनले स्थानीय स्तरमा पार्टी मजबुत हुँदाहुँदै जसपालाई समर्थन गर्नु आत्मघाती भएको बताउँदै उनले आफूसँगै १५० भन्दा बढीले पार्टी परित्याग गरेकाे उल्लेख गरे ।

त्यस्तै शाहले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *