कामना सेवा विकास बैंकद्वारा आठौँ शाखारहित बैंकिङ्ग सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल वैशाख ८ गते बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त स्थानमा रहेको पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नम्बर १ का अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा २ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषिराम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरि बास्तोलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयले उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *