डडेल्धुराकाे अमरगढीमा मेयर र उपमेयरका लागि श्रीमान–श्रीमती नै सिफारिस

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारका लागि नेकपा एमालेले श्रीमान्–श्रीमतीलाई नै सिफारिस गरेको छ ।

एमालेको जिल्ला कमिटी बैठकले अमरगढीको मेयरका लागि करन ताम्राकार र उपमेयरका लागि उनकी श्रीमती इन्दिरा ताम्राकारलाई सिफारिस गरेको हो । करन पत्रकार पनि हुन् ।

उनी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् हुन् भने इन्दिरा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराकी इन्चार्ज हुन् । उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको एमाले डडेल्धुराले जनाएको छ ।

अमरगढीमा मेयरका लागि करन ताम्राकारसहित आठ जना र उपमेयरमा इन्दिरा ताम्राकारसहित तीन जनाको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *