संखुवासभामा गठबन्धन बिच सात पालिकामा तालमेल, तीन पालिकामा मित्रवत प्रतिस्पर्धा हुने
विराटनगर । संखुवासभामा सातवटा पालिकामा मात्र सत्ता गठबन्धनका दलहरु बिच चुनावी तालमेल हुने भएको छ।
संखुवासभामा सत्ता गठबन्धन दलहरुको बिचमा शनिबार बसेको बैठकले ७ वटा पालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारमा तालमेलको निर्णय गरेको हो । संखुवासभामा नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र जसपा बिचमा चुनावी तालमेल गर्ने सहमती बनेको हो । चारदल बिच भएको सहमती अनुसार भोटखोला गाउँपालिकामा प्रमुख एकिकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसले पाउने भएका छन् ।
सभापोखरी गाउँपालिकामा प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकिकृत समाजवादी, खाँदवारी नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्र, पाँचखपन नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एकिकृत समाजवादी, चैनपुर नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमती बनेको छ।
त्यस्तै मादी नगरपालिका माओवादीलाई दिने र उपप्रमुख कांग्रेसले राख्ने तथा धर्मदेबी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै कांग्रेसले राख्ने निर्णय भएको छ। संखुवासभामा १० पालिका मध्ये ७ वटा पालिकामा मात्र गठबन्धन भएको हो । बाँकी रहेको पालिका मकालु गाउँपालिका, चिचिला गाउँपालिका र सिलिचोंङ गाउँपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णँय भएको नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्काले जानकारी दिए ।