मोरङका यी पालिका हरुमा एमालेले उम्मेदवार टुङ्ग्यायो

विराटनगर । नेकपा एमाले मोरङले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका पालिकाहरुमा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ।

सुनबर्षी, रतुवामाई, रंगेली, लेटाङ, नगरपालिकामा प्रमुख उपप्रमुख टुंगो लगाएको हो । त्यस्तै कटहरी, ग्रामथान, बुढिगंगा गाउँपालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकामा प्रमुखको टुंगो लागेपनि उपप्रमुखको टुंगो लाग्न सकेको छैन भने उपप्रमुखको टुंगो लागेको ठाउँमा प्रमुखको टुंगो लाग्न नसकेको एमालेले जनाएको छ ।

एमालेले सार्बजनिक नगरेको भएपनि सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट उम्मेदवार हुुने निश्चित भएको छ । यो पालिकामा उपमेयरमा दमयन्ता चुँडाल र देवी गौतमको नाममा अझै कुरा मिल्न सकेको छैन ।

रंगेलीको मेयरमा दिलिप बगडिया र उपमेयरमा भूमा पराजुली निरौला, धनपालथान गाउँपालिकाको अध्यक्षमा मुसहरु मण्डल र उपाध्यक्षको नाम टुङ्गो लाग्न सकेको छैन । जहदाका उपाध्यक्षमा अनिता सोरेनको निश्चित हुँदा अध्यक्षमा कुरा मिल्न नसकेको एमालेले जनाएको छ। यस अघि सार्बजनिक गरेको जयनरथ गिरी (कृष्ण)को नाम एमालेको लिष्टमा रहेको एक मात्र नाम हटाएको छ।

कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट छन् ।

लेटाङ नगरपालिकाको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीमा मेयरमा ज्ञानेन्द्र सुवेदी र उपमेयरमा नाम टुंगो लगाउने प्रयास भईरहेको एमाले श्रोत बताउँछ । केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनले उम्मेदवारी दिने भएका छन् ।

एमालेले पालिकाहरुमा सर्बसहमतीको आधारमा उम्मेदवार छान्ने ब्यवस्था गरेको जनाएको छ। नेकपा एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा चारवटा पालिकामा प्रमुख उपप्रमुख, एउटामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुखमा जितेको थियो ।

सर्बसहमतीको आधारमा उम्मेदवार छान्ने कार्य भईरहेकोले भोली बिहानसम्ममा सबै सार्बजनिक गर्ने तयारी भईरहेको नेकपा एमाले जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *