एमालेले लगायो कैलालीका ११ पालिकामा उम्मेदवार टुंगो
धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाबाहेक सबै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो ।
त्यसमध्ये धनगढी उपमहानगरपालिकाबाहेक १० वटा पालिकाको उम्मेदवारको टुंगो प्रदेश कमिटीले लगाएको हो ।
धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको टुंगो केन्द्रले गरेको हो । एमालेले धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय शनिबार नै गरिसकेको छ ।
यस्तै, आइतबार प्रदेश कमिटीले टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसीलाई उम्मेदवार बनाएको छ । यस्तै लम्कीचुहाको मेयरमा महादेश बजगाइँ र उपमेयरमा जुना चौधरी, घोडाघोडीको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम, गौरीगङ्गाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंहलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया, भजनी नगरपालिकाको मेयरमा हर्क बुढा र उपमेयरमा तुलसी चौधरीलाई अगाडि सारिएको छ ।
यसैगरि गाउँपालिका अन्तर्गत जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा परमादेशी भुल, कैलारी गाउँपालिकाको अध्यमा झुमा चौधरी र उपाध्यक्षमा जालुराम चौधरी र बर्दगोरी गाउँपालिकामाको अध्यक्षामा कर्ण कुँवर र उपाध्यक्षमा इन्दु चौधरीलाई उम्मेदवार बनाइएको छ ।