नबिल बैंक र एईपीसीबीच नविकरणीय ऊर्जा प्रर्द्धनसम्बन्धी सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जाप्रवर्द्धन केन्द्र(एईपीसी) बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सानी ग्यारेन्टी सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।

सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले रु. १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले एसईसीएफको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड एईपीसीको स्थापना गरेको छ । एईपीसीले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *