कञ्चनपुरमा कांग्रेस एक्लै, माओवादी र समाजवादीबीच गठबन्धन

धनगढी । कञ्चनपुरमा स्थानीय निर्वाचनका लागि गठबन्धनबीच चुनावी तालमेल गर्ने प्रयास असफल भएको छ । आइतबार राति अबेरसम्म भएको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा तालमेलको प्रयास असफल भएको हो ।

तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको हो । सहमति गर्न नसक्दा कांग्रेस बाहिरिएको छ । त्यस्तै माओवादी र एकीकृत समाजवादीले अलग गठबन्धन गरेका छन् ।

दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई भागबन्डा गरिएको प्रमुखको जिम्मेवारी तोकेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।

दलहरूलाई आजै उम्मेदवारको टुङ्गो लगाएर मनोनयन गरिसक्नुपर्ने छ । आज बेलुका ५ बजेसम्म मात्रै मनोनयन दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । जिल्लामा तीनवटै दलले अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *